Section 14
वस्तु फिर्ता गर्न सकिने
(१) कसैले बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न चाहेमा सात दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्दा बिक्रेताले मूल्यमा कटौती गर्न वा अन्य कुनै किसिमको थप शुल्क लिन पाउने छैन।
(३) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्दा त्यस्तो वस्तु खरिद गर्दाका बखत बिक्रेताले दिएको बिल वा रसिद देखाउनु पर्नेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वस्तु फिर्ता गर्न वा सट्टा लिन सकिने छैनः-
(क) खरिद भइसकेपछि खरिदकर्ताले त्यस्तो वस्तुको गुणस्तर वा परिमाणमा “परिवर्तन गरेमा,
(ख) निश्चित अवधिभित्र उपभोग गरी सक्नु पर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतित भइसकेको वस्तु भएमा,
(ग) दूध; फलफूल, तरकारी, माछा, मासु जस्ता तुरुन्त उपभोग नगरेमा सडी, गली जाने प्रकृतिका वस्तु भएमा,
(घ) खरिद गरेको वस्तु प्रयोग गरिसकेको भएमा,
(ङ) सिलबन्दी गरिएको वस्तु भए सिलबन्दी तोडिएको भएमा।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सिलबन्द गरेको वस्तु भए सिल नतोडिएको अवस्थामा त्यस्तो वस्तु पन्ध्र दिनभित्र फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु लिन सकिनेछ।